रोकिएन प्रभु बैंकका सीईओ शेरचनको ज्यादती, भिआरएस नलिएको झोकमा कर्मचारीको मनपरी सरुवा(सूचीसहित)

काठमाडौं। प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत( सीईओ) अशोक शेरचन  बैंक व्यवस्थापनसँगै कर्मचारी सँस्थागत सुशासनमा समेत चुकेका छन्। जसका कारण  बैंकप्रति लगानीकर्ताहरूको विश्वास र साख नराम्रोसँग गिरेको छ।

सीईओ शेरचनले तत्कालिन सेन्चुरी बैंकका अधिकांश कर्मचारीलाई बैंक छोड्न बाह्यकारी अवस्थाको सिर्जना गरेको पाईएको छ। सीईओ शेरचनले भिआरएस लिन नमानेका कर्मचारीलाई दुर्गममा पठाएर आँफू निकटका कर्मचारीलाई केन्द्रमा ल्याएको तथ्य बाहिरिएपछि उनीमाथि नैतिक प्रश्न खडा भएको छ। हालै मात्र सीईओ शेरचनले मनपरी रुपमा हिमालका कर्मचारी तराई र तराईका कर्मचारीलाई पहाड पुर्याएका छन्। जसमा अधिकांश कर्मचारी १ महिनामै सरुवाको चेपुवा छन्।

सीईओ शेरचनले बैंकको नेतृत्व सम्हालेदेखिनै कर्मचारीमाथि अन्यायपूर्ण व्यवहार गर्ने गरेका दर्जनौँ गुनासोसहितका उजुरी नेपाल राष्ट्र बैंकमा छ। कार्यकाल लम्ब्याउनकै लागि तत्कालीन सेन्चुरी कमर्सियल बैंकलाई प्राप्ती गरेका शेरचनले प्राप्ती लगतै भीआरएस योजना ल्याएर सेन्चुरी बैंकका ३०० भन्दा बढी योग्य कर्मचारी निकाले। करिएर बनाउँदै गरेका केहि कर्मचारीले भीआरएस लिन अस्वीकार गरेपछि उनीहरु कसैलाई सरुवा भएको २ महिना नपुग्दै दुर्गममा पठाए त कसैलाई घटुवा गरी जागिर छोड्न बाध्य बनाए।

सीईओ शेरचनबाट चेपुवामा परेका बैंकका कर्मचारी भन्छन्,- ‘शेरचनलाई पद चाहियो, ठूलो मात्रामा क्यापिटल पनि चाहियो तर तेहि बैंकलाई हतियार बनाएर पद जोगाएपछि भने त्यहाँका कर्मचारी चाहिएन, हामीमाथि सारै अन्यया भयो।’

शेरचनको यस किसिमको क्रियाकलापबारे नियामक निकाय समेत मुकदर्शक बनेको कर्मचारीहरुको गुनासो छ।

त्यसैगरी, सीईओ शेरचनले हालैमात्र पनि भिआरएस योजना ल्याएर तत्कालिन सेन्चुरी बैंकका सीईओ तथा बैंकका सिनियर डेपुटी मनोजकुमार न्यौपानेसहित १८ जना उच्च व्यवस्थापनका कर्मचारी निकालेका छन्। शेरचनले मानव संसाधन विभागका प्रमुख रमेश थापा मार्फत् टेलिफोन गर्दै योजना लिएर बैंक छोड्न व्यापक दवाव दिइएका थिए। सोहि दवावका कारण १८ जना कर्मचारी बाहिरिसकेका छन् । तर जागिर अत्यावश्यक भएका डेपुटी सीईओ मनिराम पोखरेलसहितका कर्मचारीले भने बैंक छोड्न मानेनन्। अन्ततः त भीआरएस नलिए दुर्गम क्षेत्रमा पठाईदिने सीईओको धम्कीअनुरुप नै अहिले बैंकका कर्मचारीको मनलाग्दी सरुवा गरिएको छ। यसपटक पनि जथाभावी सरुवा गरिनेमा सबै तत्कालिन सेन्चुरी बैंकका कर्मचारी रहेका छन्।

सीईओ शेरचनले आफ्ना आफन्त ज्वाई, सम्धिनी, भान्जा भान्जी भतिजलाई भने केन्द्र र सहज ठाँउमा ल्याएका छन्।

शेरचनले चिफ मेनेजर रहेका आफ्ना ज्वाई सुनिल रानालाई एसएमइ कन्जुमर बैङ्किङको कन्ट्री हेड बनाएर ल्याएका छन् भने उनको ठाउँमा दिपेन्द्र बाबु बिष्टलाई पठाएका छन्। त्यस्तै, चिफ मेनेजर रहेका रबिन्द्र ढकाललाई जिएडीमा पुर्याइदिएका छन्। दिपेन्द्र बहादुर विष्टलाई प्रदेश प्रमुखबाट सिबिसिओ बनाई जिम्मेवारी घटाएर पठाईएको छ। त्यसैगरी बाग्मती प्रदेशमा सिपिओ रहेका सिनियर मेनेजर सुदेश कुमार देवकोटालाई हातिगौंडा ब्रान्च मेनेजरको जिम्मेवारीमा झारेर सरुवा गरिएको छ। त्यसैगरी बाग्मती प्रदेशमा चिफ प्रोभिएन्स अफिसर रहेका सिनियर मेनेजर विकास शर्मा गुरागाँईलाई कमलादी ब्रान्चको मेनेजर बनाई पठाइएको छ। तिलगङ्गाका कान्टर इन्चार्ज शंकर केसीलाई चन्द्रौटाका ब्रान्च मेनेजर बनाई पठाइएको छ।

त्यसैगरी मेनेजर गणेश प्रसाद सुवेदीलाई काठमाडौंबाट पोखरा, १ बर्ष बित्दानबित्दै काठमाडौंको मन्डिखाटार र त्यसको १ महिनामै पाँचखाल पुर्याइएको छ। जनकपुरका सिपिओ सौरभ चौधरीलाई हेटौंडाका ब्रान्च मेनेजरको जिम्मेवारीमा झारेर सरुवा गरिएको छ। डेपुटी मेनेजर पारस सुवेदीलाई धनगडीको ब्रान्च मेनेजरबाट कमलादीको अपरेशन इन्चार्ज बनाएर सरुवा गरिएको छ भने शिवनाथ साहलाई मधेश प्रदेशबाट जिम्मेवारी घटाएर चैनपुरको ब्रान्च मेनेजर बनाएर सरुवा गरिएको छ।

सीईओ  शेरचनले यी लगायत  थुप्रै कर्मचारीको सरुवा  मनपरी रुपमा गरेका छन्। जसको गुनासो बैंकको  कर्मचारी युनियनले समेत नसुनेपछि  कर्मचारी नेपाल राष्ट्र बैंक गुहार्न  जाने तयारी गरेको बैंक स्रोतले जनाएको छ।  यता, बैंक व्यवस्थापन भने  यो नियमित प्रकृया भएको भन्दै पन्छिरहेको छ।

सीईओ शेरचनले कतिपय सरुवा बढुवा त नियमविपरित सर्कुलरबिनानै आन्तरिक मेल मार्फत् नै गर्ने गरेको पाईएको छ। अचम्म लाग्ने कुरा त के छ भने नियमित प्रकृया भएको भन्दै कर्मचारी मनलाग्दी सरुवा बढुवा गरिरहेका सीईओ शेरचनले उनी निकट रहेकी कर्मचारी सिबिओ रश्मी पन्तलाई भने बैंक प्रवेश गरेदेखि आजसम्म ९ बर्षमा १० पटक बढुवा गरेका छन् तर एकपटक पनि सरुवा गरेका छैनन्।

केहि समय अघि नेपाल राष्ट्र बैंकमा उजुरी परेपछि बोर्डले नै निर्णय गरी पन्तलाई  कमलादी पठाएको थियो तर सीईओ शेरचनले बोर्ड नै परिवर्तन गरी आफैँ भएको ठाउँ अर्थात् केन्द्रिय कार्यालयमै राखिरहेका छन्।

को- कहाँ पुगे ? नामावली सहित

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *