फुडमाण्डुको १४औँ वार्षिकोत्सवमा फुडमाण्डु वानमार्टको शुभारम्भ

काठमाडौं । फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्नो १४औँ वार्षिकोत्सव मनाउँदै फुडमाण्डु वानमार्ट सार्वजनिक गरेको छ ।

सन् २०१० मा स्थापना भएदेखि फुडमाण्डुले अनलाइन फुड डेलिभरी सेवा सुरु गरेर ग्राहक वर्गलाई आफ्नो मन पर्ने रेस्टुरेन्टको खाना सजिलै घरमै पुर्‍याउँदै आएको छ ।

फुडमाण्डु वानमार्टको सुरुवातसँगै अब फुडमाण्डुले ग्राहकहरूलाई ग्रोसरी लगायत दैनिक आवश्यक वस्तुहरू पनि घरमै डेलिभरी गर्नेछ । अब ग्राहकहरूले फुडमाण्डु एपबाट ७०० भन्दा बढी उच्च गुणस्तरीय वस्तुहरूको तुरुन्तै र भरपर्दो डेलिभरी पाउनेछन् ।

हालको लागि यो सेवा गैरीधाराबाट ३ किलोमिटरको दायरा भित्र पर्ने महाराजगन्ज, धुम्बाराही, बालुवाटार र मैतीदेवी जस्ता क्षेत्रहरूमा उपलब्ध छ भने छिटै नै यो सेवा काठमाडौँ उपत्यकाभरि विस्तार गरिने कम्पनीले जनाएको छ ।

साथै १४औँ वार्षिकोत्सवको अवसरमा फुडमाण्डुले ʻफ्यान्टास्टिक १४’ नामक सेल्स क्याम्पेनको सुरुवात गर्दै ७० प्रतिशत सम्मको छुट प्रदान गर्ने भएको छ ।

यस क्याम्पेनमा ग्राहकहरूलाई फ्ल्याट डिस्काउन्ट, कम्बो अफर, बाई वान गेट वान डिल, क्याटेगोरी क्रन्च, फोर्टिन बाइट्स प्लेटर, फोर्टिन डेज – फोर्टिन मेगा अफर र फोर्टिन्थ आवर सेल्स जस्ता आकर्षक अफरहरू उपलब्ध हुनेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *