काठमाडौं । ग्लोबल आईएमई लघुवित्तको नाफा १९ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ४ करोड ४ लाख रुपैयाँ छ ।
गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ३ करोड ४० लाख रुपैयाँ थियो । लोनलस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) वापत पहिले ४ करोड ६९ लाख रुपैयाँ रहेकोमा अहिले ६८ लाख मात्रै छ ।
वार्षिक प्रतिशेयर आम्दानी पहिले २१ रुपैयाँ ९८ पैसा रहेकोमा अहिले २६ रुपैयाँ १६ पैसा रहेको छ ।
कुल कर्जामा निष्क्रिय कर्जा असोज मसान्तसम्म ४.३५ प्रतिशत छ । गत वर्षको असोजमा यस्तो कर्जा ४.७६ प्रतिशत थियो । लघुवित्तको आधार दर १३.५३ प्रतिशत छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ ८० पैसा छ ।
Artha Sanjal
अर्थ सन्जाल