काठमाडौं । नेपाल राष्ट्र बैंकले आज कात्तिक २७ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो १ को खरिददर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ २९ पैसा कायम गरेको छ ।
यस्तै, युके पाउण्ड स्टर्लिङ १ को खरिददर १७३ रुपैयाँ ५५ र बिक्रीदर १७४ रुपैयाँ ३२ पैसा, स्वीस फ्रय्रांक १ को खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ९३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ८९ रुपैयाँ छ पैसा, क्यानेडियन डलर १ को खरिद दर ९६ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९७ रुपैयाँ १४ पैसा, सिंगापुर डलर १ को खरिददर १०१ रुपैयाँ १५ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिद दर ८ रुपैयाँ ७७ पैसा र बिक्रीदर ८ रुपैयाँ ८० पैसा, चिनियाँ युआन १ को खरिददर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३ पैसा, कतार रियाल १ को खरिद दर ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३५ रुपैयाँ १३ पैसा कायम भएको छ ।
आज युएई दिराम १ को खरिददर ३६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, मलेसियन रिंगेट १ को खरिद दर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ६९ पैसा, साउथ कोरियन वन १ सयको खरिद दर ९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९ रुपैयाँ ६८ पैसा, स्वीडिस क्रोनर १ को खरिद दर १२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १२ रुपैयाँ ४४ पैसा र डेनिस क्रोनर १ को खरिद दर १९ रुपैयाँ २७ पैसा र बिक्रीदर १९ रुपैयाँ ३५ पैसा तोकिएको छ ।
Artha Sanjal
अर्थ सन्जाल