काठमाडौं । लामो समयदेखि विवादमा रहेको डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेको बक्यौता सरकारले १५ दिन भित्रमा उठाउने भएको छ ।आइतबारको मन्त्रिपरिषद् बैठकले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ बक्यौता ‘टाइम अफ डे’ (टीओडी) मिटर तथ्यांकका आधारमा १५ दिनभित्र उद्योगीहरूबाट असुली गर्ने निर्णय गरेपछि अब यो विवाद समाधानको कडी टीओडी देखिएको छ ।
हाल २८ वटा उद्योगको लाइन प्राधिकरणले काटेको छ । काटिएका उद्योगहरुको लाइन पनि १५ दिन भित्र जोड्नु पर्ने भनिएको छ ।
Artha Sanjal
अर्थ सन्जाल