काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । सोमबार बैंकले एक सूचना प्रकाशित गर्दै म्यानेजमेन्ट ट्रेनीमा पाँच र ट्रेनी एसिस्टेन्टमा ५० जना कर्मचारी माग गरेको हो ।
म्यानेजमेन्ट ट्रेनी लेभलको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक गरेको हुनुपर्नेछ । ट्रेनी असिस्टेन्ट लेभलका लागि कमर्स, म्यानेजमेन्ट, अर्थशास्त्र, लेगल, आइटीमा ब्याजलर गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले मंसिर ९ गतेभित्र आवेदन दिनुपर्नेछ ।
Artha Sanjal
अर्थ सन्जाल