काठमाडौं । सेयर बजार आज पनि उकालो लागेरको छ। नेप्से परिसूचक २२.१४ अंकले बढेर २७६०.२१ को विन्दुमा बन्द भएको हो।
आज ३०२ कम्पनीको २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ३१ करोडको सेयर कारोबार भएको छ । आज १४३ कम्पनीको सेयर मूल्य बढेको छ भने ९२ कम्पनीको मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै साहस उर्जाको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३८ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २६ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोको २५ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै स्टर्न हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । समृद्धि फाइनान्सका लगानीकर्ताले ९.७१ प्रतिशतका दरले गुमाएका छन् ।
आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषि लघुवित्त, सिर्जनसिल लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यी ५ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सर्वाधिक कमाउनेमा माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ता रहेका छन् ।
आज उच्च कारोबार भएका १० कम्पनी
साहस ऊर्जा ३८ करोड १७ लाख रुपैयाँ,हिमालयन रिइन्स्योरेन्स २६ करोड १५ लाख रुपैयाँ,अरुण भ्याली हाइड्रोपावर २५ करोड १० लाख रुपैयाँ,सानिमा माई हाइड्रोपावर २२ करोड ७६ लाख रुपैयाँ,समृद्धि फाइनान्स २१ करोड ७८ लाख रुपैयाँ,सिंगटी हाइड्रो २१ करोड ७५ लाख रुपैयाँ,एनएलजी इन्स्योरेन्स २० करोड ४१ लाख रुपैयाँ,सानिमा जीआईसी इन्स्योरेन्स २० करोड २० लाख रुपैयाँ,अरुण काबेली पावर १८ करोड ८७ लाख रुपैयाँ,ङादी ग्रुप पावर १७ करोड ७८ लाख रुपैयाँको सर्वाधिक कारोबार भएकाे छ।
अर्थ सन्जाल