काठमाडौं । महसुल नतिरे पनि २४ घन्टाभित्र विद्युत काटिएका उद्योगमा पुनः जोड्न मन्त्रिपरिषद्को निर्देशनमा विद्युत प्राधिकरणकै २ कर्मचारी संगठनले विरोध गरेका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले महसुल नतिरेर लाइन काटिएका उद्योगमा २४ घन्टाभित्र लाइन जोड्न निर्देशन दिने निर्णय गरेको थियो । सोही निर्णयको विरोधमा नेपाल विद्युत प्राधिकरण कर्मचारी कल्याण परिषद् र नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनले संयुक्त रुपमा ऊर्जामन्त्री तथा प्राधिकरण सञ्चालक समितिलाई पत्र पठाएका हुन् ।
बक्यौता रकम नउठाइ लाइन जोड्दा प्राधिकरण धराशयी हुने पत्रमा जिकिर गरिएको छ । ‘…नेपाल सरकारबाट औद्योगिक ग्राहकहरुबाट महसुल भुक्तानी नभए पनि २४ घन्टाभित्र काटिएका लाइन जोड्न निर्देशन हुनुले आगामी दिनमा आम उपभोक्ताहरुबाट महसुल असुलीमा प्रतिकुल असर परी संस्था धराशयी हुने निश्चित छ’, पत्रमा भनिएको छ ।
अर्थ सन्जाल