यती एयरलाइन्सले मंगलबारदेखि भैरहवा–पोखरा उडान गर्दै

काठमाडाैं । यती एयरलाइन्सले मंगलबारदेखि भैरहवा–पोखरा उडान सुरु गर्ने भएको छ । भैरहवा–पोखराका उडान समय ११ः०५ बजे र पोखरा–भैरहवाको उडान समय ११ः४५ बजे तोकिएको हो ।

साथै यस रुटको एकतर्फी हवाई भाडा २ हजार ५ सय रुपैयाँ कायम गरिएको यती एयरलाइन्सले जनाएको छ । त्यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूका संख्या वृद्धि गर्न टेवा पुर्‍याउने उद्देश्यले भैरहवा–पोखरा प्रत्यक्ष उडान सुरु गरिएको यती एयरलाइन्सले जानकारी दिएको छ । यो रुटमा यसअघि बुद्ध एयरले नियमित उडान गर्दै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *