काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नाडेप लघुवित्त ४ करोड ९७ लाख रुपैयाँ नोक्सानमा रहेको छ ।
गत वर्ष ५ लाख १० हजार रुपैयाँ नाफा गरेको थियो । यसअवधिमा कम्पनी ५ करोड २ लाख रुपैयाँ सञ्चालन घाटामा रहेको छ । कम्पनीको खराब कर्जा पनि ६.५६ प्रतिशतबाट बढेर अहिले १०.५१ प्रतिशत पुगेको छ ।
४ अर्ब ८५ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २३ करोड ४६ करोड १ हजार रुपैयाँ रहेको छ ।
प्रतिसेयर आम्दानी १० रुपैयाँ २४ पैसा ऋणात्मक छ । प्रति सेयर नेटवर्थ १७२ रुपैयाँ ९३ पैसा छ ।
Artha Sanjal
अर्थ सन्जाल