काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडलकाे संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनी नाममा रहेको ४ लाख कित्ता सेयर बिक्रीमा राखेको हो।
यो सेयरमा हाललाई बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०२ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले खरिदन निवेदन दिँदा तोकिएको मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
सेयर खरिदका लागि निवेदन दिन ३५ दिनको म्याद दिइएको छ। उक्त अवधिभित्र इच्छुक संस्थापक सेयरधनीले काठमाडौंको नारायणहिटी पथस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन्।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।
Artha Sanjal
अर्थ सन्जाल