कालीमाटीमा यस्तो छ तरकारीको मूल्य

काठमाडाैं। कालीमाटी बजारमा सोमबार स्थानीय काउलीको भाउ केही घटेको छ । अघिल्लो दिन प्रतिकिलो अधिकतम १४० रुपैयाँ रहेको काउली यस दिन १२० रुपैयाँमा झरेको छ । साथै काउलीसहित तिते करेला, घिउ सिमी केही सस्तिएको छ । यस दिन घिउ सिमी प्रतिकिलो अधिकतम ७० तथा तिते करेला ८० रुपैयाँ रहेको छ । अघिल्लो दिन घिउ सिमी ८० र तिते करेला ९० रुपैयाँ थियो ।

भने ठूलो गोलभेँडा १००, सानो गोलभेँडा १००, मुला ४०, भारतीय रातो आलु ७०, टनेल गोलभेँडा १३५, रातो आलु ८०, सेतो आलु ६३, रातो, लाम्चो भन्टा ४०, डल्लो भन्टा ७०, तने बोडी १३०, मटरकोशा १४० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

उक्त समितिका अनुसार लौका ६०, परवर ७०, चिचिन्डो ५०, घिरौंला ७०, पाकेको फर्सी ४० रुपैयाँ छ । त्यस्र्तै भिण्डी १००, बरेला ५०, इस्कुस २०, रायो साग ६० तथा तोरीको साग ८० रुपैयाँ प्रतिकिलोमा कारोबार भईरहेको छ । कन्य च्याउ २४०, डल्ले च्याउ ३२०, ब्रोकाउली १६० तथा कुरिलो १ हजार रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *