काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।
चालु आर्थिक वर्षको असोज महिनासम्ममा कम्पनीले १२ करोड ६२ लाख ३७ हजार खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा २५.७४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले १० करोड ३ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीले १ अर्ब १७ करोड २९ लाख ६० हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा ४.१८ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले १ अर्ब १२ करोड ५८ लाख ५८ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीको जीवन बीमा कोषको आकार ४५.७७ प्रतिशतले बढेर १० अर्ब ९९ करोड रुपैयाँ पुगेको छ।
त्यस्तै, लगानी तथा कर्जाबाट हुने आम्दानी १२.८६ प्रतिशतले बढेर ३० करोड ४४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको रिटेन्ड अर्निङमा ६२ करोड २५ लाख रुपैयाँ रहेको छ । कम्पनीले ३२ करोड ३५ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरको छ।
४ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी १०.६९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११९.३४ रुपैयाँ रहेको छ।
अर्थ सन्जाल