काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक २.०५ विन्दुले बढेको छ । आज सेसनमा २.०५ अंक बढेर २७४०.१२ विन्दुमा पुगेको छ। ४६ लाख ३१ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ५६ कम्पनीको ९ हजार ३ सय ९७ कित्ता सेयर कारोबार भएको छ ।
३० कम्पनीको मूल्य बढेको छ भने २० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय ३० वटा कारोबार भएको छ ।
Artha Sanjal
अर्थ सन्जाल