सर्वोच्च अदालतको न्यायाधीशमा निरौला र पाण्डेय नियुक्त

काठमाडौं । नृपध्वज निरौला र नित्यानन्द पाण्डेय सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका छन् ।

“नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्यायपरिषद्को सिफारिसमा सर्वोच्च अदालतको न्यायाधीश पदमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई नियुक्ति गरिएको” राष्ट्रपति कार्यालयको पत्रमा उल्लेख छ ।

संसदीय सुनुवाइ समितिले शुक्रबार मात्र निरौला र पाण्डेयको नाम अनुमोदन गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *