काठमाडाैं । आज साताकाे पहिलाे काराबारकाे दिन सेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक ६२.५४ अंकले बढेर २७३८.०६ को विन्दुमा कायम भएको छ ।
आज ३२५ कम्पनीको २ करोड २४ लाख ७४ हजार २८१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ७७ करोडमाथिको सेयर कारोबार भएको छ । आज २२८ कम्पनीको सेयर मूल्य बढेको छ भने १३ कम्पनीको सेयर मूल्य घटेको छ । यो दिन ३ कम्पनीको सेयर मूल्य स्थित रहेको छ।
आज सबैभन्दा धेरै सानिमा जिआइसीको कारोबार भएको छ । आज यस कम्पनीको ३८ करोड ४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । समृद्धि फाइनान्सको ३४ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको २७ करोड ३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्था, सिर्जनशिल लघुवित्त वित्तीय संस्था र सुपरमादी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । बलेफी हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सानिमा ग्रोथ फन्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ६ प्रतिशतका दरले गुमाएका हुन् ।
आज उच्च कारोबार भएका १० कम्पनी
सानिमा जीआईसी इन्स्योरेन्स ३८ करोड ४ लाख रुपैयाँ,समृद्धि फाइनान्स ३४ करोड १९ लाख रुपैयाँ,ङादी ग्रुप पावर २७ करोड ३ लाख रुपैयाँ,एचआईडीसीएलपी १९ करोड ५६ लाख रुपैयाँ,साहस ऊर्जा १९ करोड ४४ लाख रुपैयाँ,पिपुल्स हाइड्रोपावर १८ करोड १७ लाख रुपैयाँ,हिमालयन रिइन्स्योरेन्स १७ करोड ५० लाख रुपैयाँ,सानिमा माई हाइड्रोपावर १७ करोड २७ लाख रुपैयाँ,सुपर मादी हाइड्रोपावर १५ करोड ६२ लाख रुपैयाँ,एनएलजी इन्स्योरेन्स १४ करोड ७१ लाख रुपैयाँको सर्वाधिक कारोबार भएकाे छ।
अर्थ सन्जाल