काठमाडाैं । आयातित स्कुटरको बिक्री वितरण गर्दै आएको एफडी मोटर्स र ग्रन्थ ईभीले ईभी स्कुटर निर्माणका लागि लगानीको आह्वान गरेको छ । कम्पनीले एक विज्ञप्ती जारी गर्दै नेपालभरी विद्युतीय सवारीसाधनलाई पुर्याउन लगानीकर्ता र रणनीतिक साझेदारहरू खोजिरहेको जनाएको हो ।
यो एक नेपाल भित्रै स्थानीय रूपमा निर्माण गरिएको परियोजना हुने र यसले नेपालभित्र रोजगारी सिर्जना र आर्थिक वृद्धिमा योगदान पुर्याउने विश्वास कम्पनीले लिएको छ । कम्पनी अझै आईपीओ निष्कासन गर्ने स्तरमा पुगेको र त्यस स्तरमा पुग्न निर्माण क्षमतालाई विस्तार गर्नुपर्ने भएकाले लगानीका खोजी भईरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
कम्पनीले बनाउने स्कुटर नेपालको विभिन्न भूभागका लागि विशेष रूपमा डिजाइन गरिएको यसले २४० किमी रेन्ज दिने कम्पनीले जनाएको छ । यो स्कुटर नेपालमा २ लाख ८९ हजार रुपैयाँमा बिक्रीवितरण गर्ने योजना रहेको कम्पनीले जनाएको छ । यसबाट आधुनिक विद्युतीय स्कुटरको मागलाई पुरा गर्न सक्ने विश्वस्त रहेको कम्पनीले उल्लेख गरेको छ ।
कम्पनीले हाल नेपालमा आयातीत स्कुटरको माग उच्च रहेको तर यो पुरा गर्न नेपालमा निर्माण प्रक्रिया विस्तार गर्न आवश्यक रहेकाले हालको क्षमता पनी उत्पादनसँगै बिृद्घि गर्न आवश्यक रहेको जनाएको छ ।
यो नया आउने स्कुटरमा ब्याट्री र मोटरमा ७–१० वर्षको वारेन्टी हुने र यो नेपालका कुनै पनि उकालो २ बोकेर सजिलै चढ्न सक्षम हुने कम्पनीले दाबी गरेको छ । कम्पनीले भविष्यमा सर्वसाधारणका लागि पनि आईपीओ जारी गर्ने योजना रहेको समेत जनाएको छ ।
अर्थ सन्जाल