काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि थप अनुसन्धान गर्नुपर्ने माग गर्दै प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएका छन् । कात्तिक २ गते पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेमाथि चौथोपल्ट म्याद थप गर्न लगिएको हो ।
लामिछानेमाथि हालसम्म तीनपटक म्याद थप भइसकेको छ । कात्तिक २ गते समातिएका रविलाई अदालतले पहिलोपटक ६, दोस्रोपटक सात र तेस्रोपटकमा १० दिन म्याद थप गरेको छ । थप गरिएको म्याद पनि सकिएपछि आज अदालतमा उपस्थित गराइएको हो ।
उनीमाथि प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।
Artha Sanjal
अर्थ सन्जाल