काठमाडौं । नबिल बैंकले देशका विभिन्न ठाउँमा आफ्नो स्वामित्वमा रहेको घरजग्गा बेच्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न ठाउँमा रहेको ९२ स्थानको घरजग्गा बिक्री गर्ने जानकारी गराएको हो ।
बैंकले बिक्रीका लागि १५ दिने बोलपत्र आह्वान गरेको छ ।
यसरी गैरबैंकिङ सम्पत्ति भएका स्थानहरुका काठमाडौँ उपत्यका एवं तराई तथा भित्री मधेशका जिल्लाहरु रहेका छन् । काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला काठमाडौँ भक्तपुर तथा ललितपुरका विभिन्न स्थानका जग्गा लिलामीमा राखिएको छ ।
त्यस्तै, तराई तथा भित्री मधेसका जिल्लाहरू अन्तर्गत झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), रुपन्देही, बाँके, सुर्खेत बर्दिया र कैलाली जिल्लामा यस्ता गैरबैंकिङ सम्पत्ति लिलाममार्फत् बिक्री गर्न लागिएका छन् ।
त्यस्तै, पहाडी जिल्लाहरू भोजपुर, दोलखा, काभ्रे, नुवाकोट र दार्चुला जिल्लाको गैरबैंकिङ सम्पत्ति समेत लिलाममा राखिएको छ । इच्छुक व्यक्तिले मंसिर ९ गते कार्यालय समयभित्र कर्जा असुली विभाग बिजुलीबजारमा आइपुग्नेगरी बोलपत्र पेश गर्न आह्वान गरिएको छ । उक्त बोलपत्र मंसिर १० गते खोलिने समेत बैंकले जनाएको छ ।
अर्थ सन्जाल