काठमाडौं । सीजी मोटर्सले चिनियाँ मोटर्स ब्राण्ड एक्सपेंग गाडी नेपालमा सार्वजनिक गरेको छ । आज एक विशेष कार्यक्रमको आयोजना गर्दै जी ६ इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको हो ।
काठमाडौंको थापाथलीमा एक्सपेंगको फ्ल्यागशिप शोरुमको उद्घाटन गर्दै सीजी मोटर्सले जी ६ इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ । कार्यक्रममा चिनियाँ दूतावासका प्रतिनिधिहरू तथा एक्सपेंगका विशिष्टको व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रममा एक्स्पेंज मोटर्सका उपाध्यक्ष डा ब्रायन गूले ब्रान्डको जानकारी दिए। त्यस्तै, निर्देशक निर्वाण चौधरीले सीजी मोटर्सका उपलब्धिहरू र आगामी योजनाबारे चर्चा पनि गरेका छन् ।
यो फ्लाग सिप शोरुमको उद्घाटन र जी ६ अल्ट्रा स्मार्ट क्याप एयूभी मोडलको सार्वजनिकसँगै एक्सपेंगले ‘लिडिङ द फ्युचर अफ एआई मोबीलिटी’ ब्रान्ड भिजन राखेको छ । एक्सपेंगले अत्याधुनिक AI संयुक्त गाडीहरू विश्वभरि ल्याईसकेको छ । यो गाडी ३० भन्दा बढी देशहरूमा उपलब्ध भइसकेको छ ।
यसका साथै विश्व अटोमोटिभ क्षेत्रमा फोक्सवागन ग्रुपले एक्सपेंगको ईभी प्रविधि र एआई प्लेटफर्मको पहुँच पाउन ठूलो हिस्सामा लगानी गरेको कम्पनीले जनाएको छ ।
उद्घाटन कार्यक्रममा सीजीएमले पहिलो चरणका ग्राहकहरूलाई २५ वटा जी ६ गाडीहरू हस्तान्तरण समेत गरेको छ । जी ६ मोडललाई विश्वको सबैभन्दा राम्रो सुरक्षा परीक्षण ई एनक्याप मा ५ स्टार रेटिंग प्राप्त छ ।
यसका साथै एक्सचेंग जी ६ मा स्वचालित प्रविधि एसईर्पीए २.० , ओटीए अपडेट एक्सओएस अपरेटिङ सिस्टम र ८०० भी सुपर फास्ट चार्जिङ समावेश छ ।
यसको मोटर पावर र टर्क क्रमश १२० किलोवाट र ४४० एनएम रहेका छन् । जसमा ६६ किलोवाट ब्याट्री प्याक छ । जसले ४३५ किलोमिटरको रेज दिन्छ । थप विशेषताहरूमा स्पोर्टी प्रदर्शनका लागि अगाडि पछाडिको ५०ः५० रेसियो एल्युमिनियम डाईकास्ट बनावट र ९ डायमेंशन ब्याट्री सुरक्षा समावेश छ, जसले जी ६लाई विशेष बनाउँछ ।
शोरूमको सफल उद्घाटन र गाडीहरूको वितरणसँगै एक्सपेंगले सबैलाई नयाँ फ्ल्यागशिप शोरूम भ्रमण गर्न र विद्युतीय सवारीको भविष्यको अनुभव गर्न आग्रह गरेको छ ।
देशभरी २० भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरू मार्फत उपलब्ध गराइरहेको एक्सपेंग सीजीएमको ब्रान्ड पोर्टफोलियोमा सबैभन्दा नयाँ थपिएको ब्रान्ड हो ।
सीजीएमले यस वर्षभित्रै ४० वटा स्थानसम्म सेवा केन्द्रहरु बढाउने वर्तमानको २४४ भन्दा बढी स्थानहरूको डीसी फास्ट चार्जिङ नेटवर्कमा २०० अतिरिक्त चार्ज पोइन्टहरू थप्ने लक्ष्य राखेको छ ।
अर्थ सन्जाल