काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपिओ) अर्काे हप्ता बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार एफपिओ समबार वा मंगलबार बाँडफाँड गर्ने गरी तयारीका साथ काम भैरहेको छ ।
कम्पनीले कात्तिक १२ गतेदेखि २० गतेसम्म निश्कासन एफपिओमा मागभन्दा ६०.७२ गुणा बढी आवेदन परेको छ । सिडिएसका अनुसार एफपिओमा अन्तिम दिनसम्म १४ लाख ३४ हजार ३८९ जनाले २ करोड १३ लाख २९ हजार ८९० कित्ताका लागि आवेदन दिएका थिए । जस मार्फत २ अर्ब १३ करोड २९ लाख ८९ हजार रुपैयाँ संकलन भएको हो ।
कम्पनीले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ लाख ५० हजार ९०४ हकप्रद शेयर बिक्री खुला गरेको थियो । जसमा ३५ हजार ९० जनाले मात्रै १०।१० कित्ताका दरले एफपिओ हात पार्नेछन् । सोहि मध्येका ४ जनाले थप १ कित्ता शेयर पाउनेछन् ।
अर्थ सन्जाल