पाथीभरा केबलकार स्टेशन शिलान्यास गर्न खोज्‍दा झडप

काठमाडाैं । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० मा पाथीभरा दर्शन गर्न जाने केबलकार निर्माणको शिलान्यासका क्रममा झडप भएको छ ।

शिलान्यासका लागि निर्माण सामाग्री लिएर जाने क्रममा स्थानीयले अवरोध गरेपछि झडपको अवस्था सिर्जना भएको हो ।अहिलेपनि त्यहाँ केबलकार बनाउन नदिने भन्दै स्थानीयहरूले प्रदर्शन चर्काएका छन् ।

अवस्था सामान्य बनाउन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *