काठमाडौं। प्रभु ग्रुप अन्तर्गत संचालनमा रहेको प्रभु मेनेजमेन्ट प्रा.लि ले विभिन्न सहकारीलाई तिर्नुपर्ने रकम ग्रुपका अध्यक्ष एवं सांसद देवी प्रकाश भट्टचनबाट फिर्ता आएपछि तिर्छौं भन्दै पत्र लेखेको छ। कम्पनीले पोखरा महानगरपालिका कास्कीमा रहेको एक बचत तथा ऋण सहकारी सँस्था लिमिटेडलाई भुक्तानी गर्नुपर्ने रकम भट्टचनले तिर्ने भन्दै पत्र लेखेको हो।
सहकारीको रकम समयमा भुक्तान नगरेको भन्दै बारम्बार पत्र काटेकोमा २०८१ साल साउन २४ गते प्रभु मेनेजमेन्टका लेखा अधिकृत हेम महाजुले त्यसको जवाफ दिँदै उक्त रकम अध्यक्ष भट्टचनले चलाएको र उनीबाट फिर्ता आएपछि मात्र तिर्ने बताएका छन्।
पत्रमा भनिएको छ- ‘यस सँस्थाले तपाईलाई भुक्तानी गर्नुपर्ने रकमको सोधभर्ना तपाईलाई यसभन्दा अगावै लिखित जानकारी गराईए अनुसार यस सँस्थाले प्रभु मनी ट्रान्सफर (देवी भट्टचन) बाट फिर्ता आउनासाथ तपाईको हर हिसाब मिलान गर्ने कुराको पुन: जानकारी गराउँदछु।’
त्यस्तै, पत्रमा यस सम्बन्धमा मेनेजमेन्टले नेपाल राष्ट्र बैंकमा समेत उजुरी गरेको जनाएको छ।
‘यस सँस्थाले नेपाल राष्ट्र बैंकसमक्ष हाल देखिएको सहकारी सँस्थाको रेमिट्यान्सवापत भुक्तानी गर्नुपर्ने बिषयलाई लिएर प्रभु मनी ट्रान्सफरलाई भुक्तानीको व्यवस्था गराउन दबावमूलक भूमिका खेल्न अनुरोध गरिएको समेत जानकारी गराउदछौँ। तसर्थ भुक्तानी फर्छ्यौटको लागि २० दिन समय उपलब्ध गराईदिनुहुन विनम्र अनुरोध गर्दछौँ।’ मेनेजमेन्टले सहकारीलाई दिएको जवाफमा भनिएको छ।
प्रभु ग्रुपले प्रभु बैंक लगायत विभिन्न बैंक तथा वित्तीय सँस्थाबाट ऋण लिएर अपचलन गरेको समाचार एकपछि अर्को गर्दै बाहिरिएका छन्। हाल सहकारीको बचत अपचलन प्रकरणमा देशका प्रतिष्ठित व्यक्तिहरु जेल सजाय भोगिरहेका छन् भने केहिमाथि अनुसन्धान चलिरहेकै बेला सांसद भट्टचनले चलाएको ग्रुपबाट पनि सहकारीको झन्डै ९८ करोड रुपैयाँ दुरुपयोग भएको पाईएको हो।
सांसद भट्टचन र उनकी व्यवसायीक साझेदार तथा मेनेजमेन्टकी अध्यक्ष कुशुम लामाबीचको विवादका कारण प्रभु बैंक लगायतका बैंक तथा वित्तीय सँस्था र विभिन्न सहकारीबाट प्रभु ग्रुप अन्तर्गतका कम्पनीमा प्रवाह भएको कर्जा डुब्ने अवस्थामा पुगेको छ।
लामाले सांसद देवी प्रकाश भट्टचनको नामै किटान गरी नेपाल राष्ट्र बैंकमा निवेदन दिएकी छन्। लामाको भनाइअनुसार सम्पूर्ण कर्जा रकम देवी प्रकाश भट्टचनले व्यक्तिगत कम्पनीमा लगानी गरेकोले उक्त रकम भट्टचनबाट रकम फिर्ता आएपछि मात्र साँवा र ब्याज भुक्तान गर्ने जनाएकी छन् । ऋण तिर्ने बिषयमा उनीहरुबीच निकै ठूलो विवाद छ। जुन विवाद यतिबेला बैंक, नेपाल राष्ट्र बैंक, सिआईबी अख्तियारहुँदै अदालतसम्म पुगेको छ।
यता, सांसद भट्टचनले भने लामाले भनेजस्तो आँफुले मेनेजमेन्टलाई कुनै पनि रकम तिर्न बाँकी नरहेको बताएका छन्।
नोट: देशमा विद्यमान सहकारी समस्याका कारण पर्न सक्ने समस्यालाई मध्यनजर गरी बचत तथा ऋण सहकारीको नाम गोप्य राखिएको छ – सम्पादक
भट्टचनको सामु निरीह प्रभु बैंकः शेरचनकाे वित्तीय अपराधमा राष्ट्र बैंक किन चिम्लिँदै छ आँखा ?
प्रभु बैंकभित्र भीआरएस आतंक: डेपुटी सीईओसम्म निकाल्ने शेरचनको तयारी
प्रभु बैंकका अध्यक्ष सिटौलाले रोकेका थिए १ करोड घोटालाका दोषी प्रमोदको सरुवा [फलोअप]
प्रभु बैंकका सीइओ शेरचनको बद्मासी: पद्मा कोलोनी र मर्चेन्टको नाममा धितोले नखाम्ने अर्बौ ऋण प्रवाह
अदालतले भन्यो- प्रभु बैंकका सीईओ शेरचन २०८२ बैशाख ९ गतेसम्म मात्रै योग्य
प्रभु बैंकमा सीईओ शेरचनकी सम्धीनीको हालीमुहाली: नियमविपरित नियुक्ति, बर्षैपिच्छे करार थप
प्रभु बैंकका सिनियर डेपुटी न्यौपानेसहित १८ जना बैंकबाट बाहिरिँदै, अब को बन्छ सिईओ ?
अर्थ सन्जाल