![](https://arthasanjal.com/wp-content/uploads/2024/09/1100x100-1-1.webp)
![](https://arthasanjal.com/wp-content/uploads/2024/11/sudoorpaschim-u-19-cricket.jpg)
![](https://arthasanjal.com/wp-content/uploads/2024/04/Salt-Trading-1.webp)
काठमाडौं। नरेश श्रेष्ठ मेमोरियल यू–१९ ओडीआई क्रिकेटको उपाधि सुदूरपश्चिम प्रदेशले जित हात पारेकाे छ। लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गर्दै सुदूरपश्चिमले उपाधि जितेको हो । अघिल्लो सिजनमा पनि सुदूरपश्चिमले लुम्बिनीलाई नै पराजित गरेर उपाधि जित हात पारेकाे थियो ।
१२८ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४३.१ ओभरमा ११९ रनमा अलआउट भयो । लुम्बिनीका कप्तान आकाश त्रिपाठीले २२, शिव कुँवरले २०, विजय कोहरले १९, समीर अली मुसलमानले १८, सन्तोष यादवले १२ रन बनाए ।
सुदूरपश्चिमका कप्तान हेमन्त धामीले ४, सचिन भट्ट र नरेन राउदले दुई/दुई र अशोक धामीले एक विकेट लिए । पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका अभिशेक थापाले २९, नरेन भट्टले २७, नरेन साउदले १५, राजेश ऐरले १४, दीपक रोकायले ११, अशोक धामीले ८, हेमन्त धामीले ६ रन बनाएका थिए ।
लुम्बिनीका सन्तोष यादबले ५, रमेश कुर्मीले ३ र शिव कुँवरले एक विकेट लिए ।
![](https://arthasanjal.com/wp-content/uploads/2024/09/Sme-Loan-Updated.gif)
अर्थ सन्जाल