काठमाडौं । अमेरिकी रिपब्लिकन पार्टीका राष्ट्रपतिका उमेदवार डोनाल्ड ट्रम्पले फ्लोरिडामा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै छन् ।
उनी श्रीमती मेलानिया ट्रम्प र चुनावी अभियानका कर्मचारीसँगै स्टेजमा पुगेका थिए । “हामी हाम्रो देशलाई ठिक पार्न मद्दत गर्नेछौँ,” ट्रम्पले भने ।
उनले भने, “यो अमेरिकी जनताको लागि ठूलो जित हो, जसले हामीलाई अमेरिकालाई फेरि महान बनाउन सक्षम बनाउने छ ।” सम्बोधनका क्रममा ट्रम्पले राष्ट्रपतिमा आफ्नो जित घोषणा गरेका छन् । यद्यपि, यसको औपचारिक घोषणा भने भइसकेको छैन ।
Artha Sanjal
अर्थ सन्जाल