काठमाडौं । तिहारपछिको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक १.८८ अंकले घटेर २६७५.५१ को विन्दुमा बन्द भएको छ।
आज ३२० कम्पनीको १ लाख १६ हजार ८६९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २२ करोड २४ लाख ८६ हजार ८५१ रुपैयाँको सेयर कारोबार भएको छ । आज १२१ कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । बलेफी हाइड्रोका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । पिपुल्स हाइड्रोका लगानकिर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै कुथेली बुखरीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.५५ प्रतिशतका दरले गुमाएका छन् ।
आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । पिपुल्स हाइड्रोपावरको २३ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । समृद्धि फाइनान्सको २३ करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
अर्थ सन्जाल