काठमाडौं । सानिमा बैंक लिमिटेड को लाभांश सुरक्षित गर्ने आज कात्तिक २१ गते अन्तिम दिन रहेको छ ।
बैंकले गत वर्षको नाफाबाट शेयरधनीलाई करसहित ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । उक्त लाभांश पारित गर्न बैंकले मंसिर ४ गते आम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजेदेखि शुरू हुने गरी वार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक २५ गते बुक क्लोज गर्दैछ।
Artha Sanjal
अर्थ सन्जाल