नेपाल एयरलाइन्सले भैरहवा–दुबई उडान गर्ने

काठमाडाैं । भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सले कार्तिक २३ गतेबाट भैरहवा–दुबई उडान गर्ने भएको छ ।

नेपाल एयरलाइन्सले साताको ४ दिन आइतबार, सोमबार, बुधबार र शुक्रबार राति ९ः३० बजे काठमाण्डौंबाट उडान गर्ने र करिब आधा घण्टापछि भैरहवा विमानस्थलबाट यात्रु लिएर दुबई प्रस्थान गर्ने निगमले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *