सेयर बजारमा सामान्य अंकको गिरावट हुँदा ४ अर्ब २० करोडको कारोबार

काठमाडौं । तिहारपछिको पहिलो कारोबार दिन  सेयर बजारमा सामान्य गिरावट आएको छ ।  नेप्से परिसूचक ०.२१ अंकले घटेर २६७७.४० को विन्दुमा बन्द भएको छ।

आज  ३०२ कम्पनीको ९७ लाख १३ हजार ७३० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २० करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २९ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ । सानिमा जिआइसी इन्स्योरेन्सको १६ करोड ११ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनएलजी इन्स्योरेन्सको १५ करोड ८४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सुपरमाइ हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । समाज लघुवित्तका लगानीकर्ताले ९ दशलमव ९५ प्रतिशतका दरले कमाएका छन् । यूनाइटेड मोदीका लगानीकर्ताले ९ दशलमव ५१ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

आज उच्च किनबेच गर्ने कम्पनीहरु यस्ता छन्

नेपाल फाइनान्स २९ करोड ९० लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्स १६ करोड ११ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्स १५ करोड ८४ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स ११ करोड ६१ लाख रुपैयाँ, समृद्धि फाइनान्स ११ करोड ६० लाख रुपैयाँ, रसुवागढी हाइड्रोपावर ११ करोड ५३ लाख रुपैयाँ, पिपुल्स हाइड्रोपावर १० करोड १७ लाख रुपैयाँ, लिबर्टी इनर्जी ९ करोड ९७ लाख रुपैयाँ, सामलिङ पावर ९ करोड १९ लाख रुपैयाँ, सोल्टी होटल ८ करोड ५४ लाख रुपैयाँको सर्वाधिक कारोबार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *