पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
रविसँगै उनका व्यावसायिक साझेदार तथा गोर्खा मिडियाका लगानीकर्ता छविलाल जोशीलाई पनि म्याद थपका लागि जिल्ला अदालत कास्की लगिएको छ ।
जिल्ला प्रहरी कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत रविविरुद्ध अनुसन्धानका लागि थप २५ दिन समय मागेको छ । तर, रविको पक्षबाट बहस गर्ने अधिवक्ताहरूले भने अनुसन्धान भइसकेकाले छोड्न माग गरेका छन् ।
अदालतमा म्याद थप गर्ने या नगर्ने भन्नेबारे पक्ष विपक्षमा बहस सकिइसकेको भएपनि न्यायाधीशले आदेश सुनाइसकेका छैनन् । कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ ।
Artha Sanjal
अर्थ सन्जाल