काठमाडौं । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले भने प्रतिशोधपूर्ण तवरले फसाउन खोजिएको दाबी आज पोखरामा प्रदर्शन गरिरहेका छन् ।
रास्वपाका नेता कार्यकर्ताले रत्नचाेकहुँदै वाइ चाेकमा निषेधित क्षेत्र ताेड्न खाेजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेकाे हो ।
प्रदर्शनमा सहभागीहरूले लामिछानेको रिहाइको माग गर्दै प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारसँग माग गरेका छन् । लामिछानेलेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि मंगलबार नै कास्की जिल्ला अदालतमा पेस गरिएको छ ।
Artha Sanjal
अर्थ सन्जाल