काठमाडौँ । ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको कात्तिक १४ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ५.५० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।
बैठकले १८औं वार्षिक साधारण सभा मंसिर २७ गते बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौँमा बस्ने गरी आव्हान गरेको छ ।
सभा प्रयोजनका लागि कम्पनीले मंसिर ९ गते बुक क्लोज गर्ने भएकोले मंसिर ८ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् ।
Artha Sanjal
अर्थ सन्जाल