पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्की लगिएको छ । उनलाई तेस्रो पटक म्याद थपका लागि अदालत लगिएको हो । रविलाई कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरिएको थियो ।
कात्तिक ४ गते जिल्ला अदालत कास्की पेश गरिएकोमा पूर्वगृहमन्त्रीसमेत रहेका लामीछानेलाई ६ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो । त्यसपछि ७ दिनको म्याद थपिएकोमा तिहार बिदाले अदालत बन्द भएपछि आज अदालतमा उपस्थित गराइँदैछ ।
उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पनि अनुसन्धानका लागि उपस्थित गराइदिन पत्राचार गरेकाले म्याद थपपछि पठाउने कास्की प्रहरीको तयारी छ ।
रविसँगै गोरखा मिडिया नेटवर्कमा व्यवसायिक साझेदार पूर्वडिआइजी छविलाल जोशी, सहकारी ठगी प्रकरणमा पक्राउ परेका लिला पछाईं र रामबहादुर खनाललाई पनि अदालतमा पेश गरिँदैछ । सरकारी वकिलको रोहबरमा प्रहरीले लामीछानेको बयान लिइरहेको छ ।
अर्थ सन्जाल