काठमाडौं । सोल्टी होटल लिमिटेडले पुस ४ गते बार्षिक साधारण सभा बोलाएको छ । सभा, नेपाल प्रज्ञा भवन, कमलादी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
कम्पनीले १० प्रतिशत बोनस शेयर र कर सहित २६.८४ प्रतिशत नगद गरी कुल ३६.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । यो प्रस्ताव कम्पनीको साधारण सभाबाट पारित हुनेछ ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा छ ।
सभा प्रयोजनार्थ कम्पनीले मंसिर १३ गते बुक क्लोज गर्ने भएकोले मंसिर १२ गतेसम्म कायम रहने शेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
Artha Sanjal
अर्थ सन्जाल