अर्घाखाँची । अर्घाखाँचीको इन्डियन नं प्लेटको कार दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका-११ डिभर्नामा इन्डियन नं प्लेटको कार दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हाे ।
ढुङ्गे देउरालीमा आज साँझ एचआर ५५ एयु ८७९३ नं को कार दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मालारानीबाट सन्धिखर्क आउँदै गरेको कार दुर्घटना भएको र कार पूर्ण रूपमा क्षतिग्रस्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।
Artha Sanjal
अर्थ सन्जाल