काठमाडाैं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
निगमको सञ्चालक समितिको बैठकले तिहारको अवसरमा ग्राहकलाई टेवा पुग्ने उदेश्यले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटरमा एक रुपैयाँले मूल्य समायोजन गरेको जनाएको छ ।
नयाँ मूल्यसूचीअनुसार काठमाण्डौ, पोखरा र दिपायलमा डिजेल र मट्टितेलको मूल्य १५० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, सुर्खेत र दाङमा १४९ रुपैयाँ र बाँकी क्षेत्रमा १४७.५० रुपैयाँ मूल्य कायम भएको छ । निगमका अनुसार पेट्रोलको मूल्य भने यथावत रहेको छ ।
Artha Sanjal
अर्थ सन्जाल