काठमाडाैं । बेष्ट फाइनान्स कम्पनीको २७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाण्डौमा सम्पन्न सभाले लेखापरिक्षकको प्रतिवेदनसहितको आव २०७९/०८० को वार्षिक वित्तीय विवरणहरु छलफल गरी पारित गरेको छ ।
सभाले फाइनान्समा रिक्त रहेको सञ्चालक पदमा बाँकी कार्यकालका लागि २ जनालाई नियुक्त गरेको जनाएको छ । सभाबाट अनुमोदित संचालकहरुमा रामजी गौतम र बौद्धराज अर्याल रहेका छन् ।
सभामा संस्थाको सेयर स्वामित्वमा संस्थापक र सर्वसाधारण समूहको सेयर प्रतिशत संशोधन, प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरिएको बताइएको छ ।
संस्थाले भबिष्यमा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी कार्य गर्न, चलअचल सम्पत्ति र दायित्व मूल्याङ्कन गर्नका लागि मान्यताप्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्न, निजको पारिश्रमिक तोक्न लगायत मर्जर सम्बन्धी अन्य आवश्यक प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।
अर्थ सन्जाल