नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एकदिवसीय बिजनेस रिभ्यु मिट सम्पन्न भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको पहिलो त्रैमासको व्यापार समीक्षा गरिएको थियो । आर्थिक वर्ष २०८१/८२ को बाँकी समयावधिका निम्ति सेल्स रणनीतिको तर्जुमा समेत गरियो ।

कम्पनीका सञ्चालक अग्रवालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेशनल सेल्स हेड उमापति पोखरेल लगायत उच्च व्यवस्थापकहरू तथा प्रादेशिक प्रमुखहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवालले प्रतिकूल आर्थिक अवस्थाका बाबजुद पनि कम्पनीले प्राप्त गरेको उपलब्धिका निम्ति अहोरात्र खटिने सम्पूर्ण नेपाल लाइफकर्मीलाई अन्तरमनदेखि धन्यवाद व्यक्त गरे । उनले नेपाल लाइफ जीवन बिमा उद्योगको मार्गप्रदर्शकका रूपमा रहेको बताए ।

यस्तै, प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनीले उत्कृष्ट प्रदर्शन गरेको र त्यसलाई मूर्तता प्रदान गर्न सहयोग गर्ने अभिकर्ता, कर्मचारी एवं समस्त सरोकारवालालाई धन्यवाद तथा शुभकामना व्यक्त गरे ।

उनले कम्पनीले इनोभेटिभ प्रोडक्टहरू मार्केटमा ल्याइरहेको उल्लेख गरे । आउँदा दिनमा पनि यस्ता प्रोडक्टहरू मार्केटमा ल्याएर बिमा बजारको विस्तारमा भूमिका निर्वाह गर्नका निम्ति कार्यारम्भ भइसकेको पराजुलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *