तिहारमा लोडसेडिङ हुँदैन: कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा लोडसेडिङ नहुने बताएका छन् ।

कार्यकारी निर्देशक घिसिङले विद्युत खपतको लागि पर्याप्त विद्युत् भएकाले तिहारमा जतिसक्दो बढी विद्युत् प्रयोग गर्दा पनि लोडसेडिङ नहुने बताए । उनले कुनै प्राविधिक समस्याबाहेक लक्ष्मी पुजामा बत्ती जाने नजाने बताए ।

उनले यो वर्षको तिहारका लागि पुग्ने विद्युत् नेपालमै उत्पादन रहेको भन्दै तिहारको लागि विद्युत् आयात गर्नुपर्ने अवस्था नरहेको बताए । उनले तिहारमा विद्युत् निर्यात समेत गर्न सकिने अवस्था रहेको बताएका छन् ।

घिसिङको पहिलो कार्यकालमा लोडसेडिङ हटाएर चर्चा पाएका थिए । २०७३ सालको तिहारमा लोडसेडिङबिना झिलिमिलि बत्ती बाल्ने वातावरण बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *