सुनको मूल्य फेरि ऐतिहासिक उचाइमा, प्रतितोला कति पुग्यो ?

काठमाडाैं। नेपाली बजारमा आज सुनको मूल्यले फेरि नयाँ उचाईमा पुगेको छ । यस दिन ३ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यसअघि गत कात्तिक १४ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन सुनको मूल्य १ लाख ७० हजार ७ सय रुपैयाँ पुगेको थियो ।

आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य ३० रुपैयाँले घट्दै प्रतितोला २ हजार ०९० रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *