नेपाल र बांङ्लादेशबीचको फाइनल खेल तीन ठाउँमा लाइभ देखाउँदै काठमाडौँ महानगर

काठमाडौं। काठमाडौँ महानगरपालिकाले साफ महिला च्याम्पियनसिप अन्तर्गत आज हुने फाइनल खेल तीन ठाउँमा लाइभ देखाउने भएको छ । नेपाल र बांङ्लादेश बीच हुने फाइनल खेल टुँडिखेल, चाबहिल गणेशस्थान चौरमा र सानो गौचरणमा लाइभ देखाउने महानगरले जानकारी गराएको छ । खेल साँझ साढे ६ बजेदेखि सुरु हुनेछ ।

सेमिफाइनलमा नेपालले भारतलाई र बांङ्लादेशले भुटानलाई हराएर फाइनलमा पुगेका हुन् । नेपाल र बांङ्लादेश दुवैले उपाधि जित्ने दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *