फर्स्ट माइक्रोफाइनान्सले गर्‍यो लाभांश घोषणा

काठमाडाैं। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि लाभांश घोषणा गरेको छ । कात्तिक १४ गते बसेको सञ्चालक समितिको बेठकले गत आवको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।

बैठकले सेयरधनीहरुलाई ९ प्रतिशत बोनस सेयर र ०.४७ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) प्रदान गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपशचात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *