![](https://arthasanjal.com/wp-content/uploads/2024/09/1100x100-1-1.webp)
![](https://arthasanjal.com/wp-content/uploads/2024/10/news_lpu0exwc32h.png)
![](https://arthasanjal.com/wp-content/uploads/2024/04/Salt-Trading-1.webp)
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई स्काई वल्क टावरमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
बैंकले काठमाडौंको कमलादी स्थित स्काई वल्क टावरमा २० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको हो । सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका मार्केटिङ तथा ब्रान्डिङ विभागका प्रमुख कुशल जंग अधिकारी तथा स्काई वल्क टावरको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोहित ज्ञवालीले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार ज्योति विकास बैंकका ग्राहकहरुले स्काई वल्कका भ्यू टावर भ्रमण गर्दा टिकट शुल्कमा छुट पाउने बैंकले जनाएको छ ।
बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
Artha Sanjal
![](https://arthasanjal.com/wp-content/uploads/2024/09/Sme-Loan-Updated.gif)
अर्थ सन्जाल