काठमाडौं । आज अरुण भ्याली हाइड्रोपावरको साधारण सभा बस्दै छ। सभा होटल क्रिस्टल पशुपति गौशाला काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभाले गत वर्षको नाफाबाट शेयरधनीलाई करसहित ३ प्रतिशत बोनस शेयर र ०.१५७ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गर्नेछ ।
सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा समेत रहेको छ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ५ गते बुक क्लोज गरिसकेकोले कात्तिक ४ गतेसम्म कायम रहेका शेयरधनीले मात्र लाभांश हात पार्न र सभामा सहभागिता जनाउन सक्नेछन् ।
Artha Sanjal
अर्थ सन्जाल