काठमाडौं । आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज कात्तिक १४ गते बुधबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । यस्तै, खरिददर १३४ रुपैयाँ २३ पैसा कायम भएको छ ।
आज १ युरोको बिक्रीदर १४५ रुपैयाँ ५८ पैसा रहेको छ भने खरिददर १४४ रुपैयाँ ९३ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७५ रुपैयाँ ०३ पैसा खरिददर १७४ रुपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज येनको बिक्रीदर ८ रुपैयाँ ७९ पैसा र खरिददर ८ रुपैयाँ ८५ पैसा छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८८ रुपैयाँ १२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५१ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ ६६ पैसा र बिक्रीमा ९७ रुपैयाँ ०७ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
Artha Sanjal
अर्थ सन्जाल