काठमाडौं । नेपाली बजारमा नेटा, दायुन, रिडारा र अवतार प्यासेन्सर कारका आधिकारिक वितरक सिजी मोटर्सको पोखराका लागि आधिकारिक विक्रेता टिटि ग्लोबलले धनतेरसको अवसरमा धनतेरस इभि कार्निभल आयोजना सुरु गरेको छ ।
आज (कार्तिक १३ गते) सीटी स्क्वायर व्याङ्कवेट एण्ड रेष्टुरेन्ट, न्युरोड, पोखरामा उक्त कार्निभल बिहानको ८ बजेबाट एक विशेष कार्यक्रम गरी पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले यस क्षेत्रका विशिष्ट व्यक्तिहरुकाबीच कार्यक्रम शुभारम्भ गरेका हुन् ।
ग्राहकहरुले धनतेरस इभि कार्निभलमा रिडारा, दायुन, नेटा एक्स, नेटा भि, र अवतार ११ को खरिदमा विशेष अफरहरुको लाभ उठाउन सक्नेछन् । ग्राहकहरुले उक्त कार्निभलमार्फत माथि उल्लेखित गाडीको खरिदमा आकर्षक एक्सचेन्ज बोनस, आकर्षक क्यास डिस्काउन्ट, १ वर्षको निशुल्क बिमा, चालु आर्थिक वर्षको निशुल्क कर, ६.६ किलोवाटको फास्ट चार्जर र स्पेर टायर निशुल्क प्राप्त गर्न सक्ने टिटि ग्लोबलले जनाएकाे छ ।
यस विशेष कार्यक्रममा एकै ठाउँबाट ग्राहकहरुले सिजी मोटर्सका प्यासेन्जर गाडीहरुको टेष्ट ड्राईभ गरी गाडीको वारेमा बुझ्न र अनुभव गर्न पाउने र ग्राहकहरुको सुविधालाई मध्यनजर गरी एकै ठाउँबाट सम्पुर्ण सुविधाहरु दिनलागिएको हो साथै पहिलो पटक पोखरामा दायुन गाडीको विशेष समारोहबीच अनावरण गरिने टिटि ग्लोबल प्रा लिका संचालक प्रमेश पराजुलीले बताए ।
ग्राहकहरुले उक्त अफरहरुको लाभ उठाउन आयोजित धनतेरस इभि कार्निभलमा जान सक्ने कम्पनीले जनाएकाे छ । थप जानकारीका लागि ९८०२८५३०८५, ९८०२८५३०९६, ९८०२८५३०९७, ९८०२८५१८१८ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।