काठमाडौँ। नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार विभागमा असर्फी किन्नेको भिड लागेको छ। तिहारमा बिक्रीका लागि विभागले आह्वान गरेपछि मंगलवार सुनचाँदीको असर्फी किन्नेहरूको घुइँचो लागेको हो।
राष्ट्र बैंकले आज एक दिनको लागि मात्रै २.५ ग्राम तौलको सिक्का बिक्री गरिएको राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ ।
अपराह्न ४ बजेसम्म सिक्का बिक्री गर्ने र एउटा व्यक्तिलाई एक थानका दरले पहिले आउनेलाई प्राथमिकता दिई बिक्री भइरहेको छ । सुनको सिक्काको मूल्य आजको सुनको बजार मूल्यका आधारमा निर्धारण गरिएको छ ।
त्यस्तै, १० तथा २५ ग्रामको चाँदीको सिक्का भने हिजोदेखि बिक्री सुरु भएको छ । यसको मूल्य तैल र डिजाइन अनुसार २२०० रुपैयाँदेखि ८५७५ रुपैयाँसम्म तोकिएको छ ।