काठमाडौँ । मोरङ स्थित माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका ऋणीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। जिल्ला अदालत मोरङले दायर मुद्दाका आरोपित ऋणीहरू विरुद्ध कानूनी कारवाही अघि बढाइएको हो।
माछापुच्छ्रे सहकारीमा कुल ७ करोड ८४ लाख २६ हजार ३३५ रुपैयाँ हिनामिना भएको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ। सहकारीको आर्थिक अनियमिततामा संलग्न भई फरार रहेका अन्य प्रतिवादीहरूको पक्राउ पुर्जी समेत अदालतले जारी गरेको जानकारी जिल्ला अदालत मोरङले दिएको छ।
यस प्रकरणमा ८८ जना ऋणीसहित कुल १०९ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। मुद्दामा सहकारीका २१ जना संचालक र पूर्वसंचालक पनि संलग्न छन्।
सहकारीको बचत हिनामिना प्रकरणमा सहकारीका अध्यक्ष अमलेश कर्ण पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्। जिल्ला सरकारी वकिल कार्यालयले सहकारीको रकम दुरुपयोग गरेको आरोपमा कात्तिक १ गते मुद्दा दायर गरेको थियो।
अर्थ सन्जाल