तीन महिनामा ६ अर्बको खाद्यान्न आयात

काठमाडौँ । नेपालमा चालु आर्थिक वर्षको तीन महिनामा ६ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार साउन भदौ र असोज गरी तीन महिनामा ६ अर्ब ९७ करोड २० लाख ९० हजार रुपैयाँको खाद्यान्न वस्तु आयात भएको हो ।

यस्तै, यस तीन महिनामा १ करोड ७ लाख ५७ हजार रुपैयाँको खाद्य वस्तु निर्यात  भएको छ। चालु आर्थिक वर्षको तीन महिनामा ६ अर्ब ९६ करोड १३ लाख ३३ हजार रुपैयाँ नेपालले खाद्यान्नमा व्यापार घाटा व्यहोरेको छ ।  यसबाट सरकारले ६३ करोड २७ लाख ७९ हजार राजस्व सङ्कलन गरेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

चीन, भारत, ब्रजिल, थाइल्याण्ड लगायत मुलुकबाट चामल, गहुँ, मकै लगायत विभिन्न खाद्य वस्तु आयात हुने विभागको तथ्याङ्कमा उल्लेख छ ।  यस अवधिमा १ लाख २४ हजार ११८ मेट खाद्यान्न आयात भएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *