ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ आइतबार बाँडफाँड हुने भएको छ। धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडका अनुसार आइतबार बिहान ८ः३० बजेट ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँड गरिनेछ ।
कम्पनीले गत चैत ८ गतेदेखि चैत ११ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ३१ लाख २५ हजार कित्ता आईपीओ जारी गरेको थियो। कुल कित्तामध्ये ३ प्रतिशतले हुन आउने ९३ हजार ७५० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको थियो भने ५ प्रतिशतले हुन आउने १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी २८ लाख ७५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्।
आईपीओमा कुल २१ लाख ५७ हजार ६३१ आवेदकले २ करोड ५९ लाख ४० हजार ५६० कित्ताका लागि आवेदन दिएका छन् । आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसमा २ लाख ८७ हजार ५०० जनाले मात्र सेयर पाउनेछन् ।